यमनविरुद्ध खेल्ने नेपाली टिम घोषणा, को-को अटाए ?

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ ७ बजेदेखि सुरु हुनेछ ।
यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।
छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् ।
नेपाली टिम
गोलकिपरः अभिषेक बराल, किरण चेम्जोङ, दीप कार्की ।
डिफेन्डर: अमित श्रेष्ठ, अञ्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिष श्रेष्ठ, रोहित चन्द ।
मिडफिल्डरः एरिक बिष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दीनेश हेन्जन, क्रितिश रत्न छुन्जु ।
फरवार्डः योगेश गुरुङ, जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सञ्जिव बिष्ट, सञ्जन बिष्ट, हिसुब थपलिया, आयुश घलान, मनिष डांगी ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया