तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

तनहुँ- तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो ।
व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यस सडक योजनाको निर्माण स्थल व्यास नगरपालिका र म्याग्दे गाउँपालिका रहेको छ ।
उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर होमनाथ गौतमले जानकारी दिए ।
उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन् । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया