ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-६ की निरा बजगाई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो हेटौंडा-६ शान्तिटोलस्थित कान्तिलोकपथ सडक खण्डमा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लोड गरेको ना ७ ख १८१६ नं.को ट्रक हेटौंडातर्फ आउँदै गर्दा पैदलयात्री ३८ वर्षीया बजगाईलाई ठक्कर दिँदा घटनास्थल मै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
बाटो क्रस गर्ने क्रममा बजगाईलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया