कन्याम घुमेर फर्किएको विद्यार्थी बाेकेको बस दुर्घटना : एक बालकको मृत्यु, १२ जना गम्भीर

विराटनगर- इलामको कन्याम घुमेर फर्किने क्रममा विद्यार्थी बोकेको यात्रुबस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बसमा सवार ३७ जनामध्ये १२ जना गम्भीर रहेको जनाइएको छ ।
जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना६ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका-३ स्थित लसुनेमा सडकबाट तीन सय मिटरजति तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा एक बालकको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनास्थलबाट ३२ जनाको प्रहरीले उद्धार गरेकोमा १२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । बसमा ३७ जना यात्रु थिए । उनीहरू मध्ये धेरै विद्यार्थी थिए ।
बस सडकबाट तीन सय मिटर तल खोँचमा खसेका कारण बसमा सवार सबै घाइते भएको प्रहरीले जनाएको छ ।
बसबाट उछिट्टिएका केही यात्रुहरू रुखको हाँगामा समेत अड्किएका कारण उद्धारमा कठिनाइ भएको थियो । घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको प्रहरी उपरीक्षक जवेगुले जानकारी दिए ।
‘घाइतेहरूमध्ये १२ जनाको अवस्था गम्भीर देखिन्छ, उपचारका लागि बिर्तामोड पठाइसकिएको छ,’ प्रहरी उपरीक्षक जवेगुले भने ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया