मोहना घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य [तस्बिरसहित]

कैलाली- तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइएको छ । निर्जला व्रत बसेका व्रतालुहरूले आइतबार साँझ मोहना छठ घाटमा गएर सूर्यलाई अर्घ्य दिएका हुन् ।
सत्य र अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न मनाइने तराईवासीको महान् चाड छठ पर्व यस पटक मंसिरमा परेको छ । तीन दिनसम्म मनाइने छठ पर्वको दोश्रो दिन अर्थात सप्तमी तिथिलाई छठको मुख्य दिनको रूपमा मानिन्छ । जसलाई संझीया घाटे पनि भनिन्छ । सप्तमीको दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट अष्टमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । छठ पूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ । धनगढीको मोहना घाटमा श्रद्धालुको भिड लागेको थियो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया