मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

काठमाडौँमा छठ पर्व [फाेटाे फिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँको कमलपाेखरीमा पूजाअर्जना गरी भव्य रूपमा छठ पर्व मनाइएको छ । कमलपाेखरीमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् ।

पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ । तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ । छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ ।

गौरीघाट, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण गरिएको छ ।