नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडान प्रतिबन्ध फुकुवा

नेदरल्यान्ड्स : भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ । भारतमा कोभिड-१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो ।
तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ । युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैर युरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसमा भारत पनि समावेश छ । (एएनआई)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया