मध्यरातको आगलागीले करिब १८ करोडको क्षति

कैलाली- मध्यराति भएको आगलागीबाट १७ करोड बढीको क्षति भएको अनुमानित लागत निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पताल, गोदामसहित पसलमा भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपैयाँको क्षति भएको जनाएको छ ।
आगलागीबाट सबैभन्दा बढी क्षति सारथी अस्पताललाई भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दका अनुसार अस्पतालको साढे पाँच करोड रुपैयाँको क्षति भएको छ ।
त्यस्तै खाद्य गोदामको ४ करोड ४० लाख, भण्डारी जनरल स्टोरको ४ करोड २५ लाख, सुदिक्षा इन्टरप्राइजेजको १ करोड २० लाख, शुभिक्षा बेबिसपको ९० लाख, भट्ट सप्लायर्सको ७० लाख, मधुमाला कलेक्सनको ६० लाख बरारको क्षति भएको डिएसपी चन्दले बताए ।
यसैगरी आगलागीबाट भण्डारी सुज सेन्टरको गोदामको ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख र २ लाख २० हजारको एउटा स्कुटर जलेन नस्ट भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी चन्दले बताए ।
जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताललगायतका अन्य पसल र गोदाममा क्षति पुर्याएको हो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया