पाँच दशक पुरानो गोदाममा आगलागी हुँदा क्षणभरमा ध्वस्त भयो अस्पताल

कैलाली- पाँच दशक पुरानो गोदाममा सञ्चालित अस्पताल आगलागीबाट ध्वस्त भएको छ । धनगढीमा राति भएको भीषण आगलागीले सारथी अस्पताल जलेर ध्वस्त भएको हो ।
अस्पतालसँगै जोडिएर रहेको जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको सो अस्पताल आगलागीले ध्वस्त बनेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको छ ।
मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठूलो क्षति भएको जोशीले बताए । आगो निभाउने कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण तत्काल आँकलन गर्न गाह्रो भएको बताए । आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया