आर्थिक चलायमानका लागि रूपन्देहीमा धमाधम मेला-महोत्सव गरिँदै
तीन छुट्टाछुट्टै स्थानमा एकै समयमा मेला-महोत्सव सञ्चालन

बुटवल- मुख्य चाडपर्व दसैँतिहार सकिएका छन् । चाडपर्वमा देखिएको चहलपहल पनि रोकिएको छ । बजारमा आर्थिक संकट गहिरिँदै गएको सर्वत्र चर्चा छ । नेपालकै मध्य भागमा रहेको रूपन्देहीमा बुटवल भैरहवा, तिलोत्तमा, सैनामैना लगायत मुख्य शहर हुन् । ति शहरमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरू आर्थिक संकटका कारण पलायनको अवस्थामा पुगेको गुनासो गरिरहेका छन् । यही आर्थिक चुनौतीका बीचमा तिनै शहरहरूमा धमाधम मेला र महोत्सवहरू सुरु गरिएका छन् ।
आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि भन्दै तिलोत्तमामा औद्योगिक व्यापार मेला सुरु भएको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाले आर्थिक चलायमान बनाउने विश्वास आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताए । करोडौंको कारोबार हुने भएकाले मेलाका नाममा बजारमा आर्थिक गतिविधि बढ्ने विश्वास अन्य उद्योगी व्यवासायीहरूको पनि रहेको छ । मेलाको शुक्रबार मात्रै एक समारोहका बीच प्रतिनिधि सभाका सदस्य डा भन्द्र भण्डारीले उद्घाटन गरे ।
त्यसैगरी रूपन्देही जिल्लाकै भैरहवामा पनि यही बिहीबारदेखि लुम्बिनी प्रादेशिक महोत्सव सुरु हुँदैछ । भैरहवामा हुने यो महोत्सव उद्योग व्यापार संगठन रूपन्देहीले आयोजना गरेको हो । ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य नै आर्थिक गतिविधि चलायमान बनाउने रहेको आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठन, रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
उता रूपन्देहीकै सैनामैनामा पनि बिहीबारदेखि नै व्यापार महोत्सव सुरु हुँदैछ । १३ दिनसम्म चल्ने महोत्सवको उद्देश्य पनि आर्थिक गतिविधि बढाउने नै रहेको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले बताए । उनले महोत्सव स्थानीय नागरिकहरूको सहयोगमा मेला सफल हुने बताए । त्यसो त बुटवलमै पनि मंसिर लगत्तै वृहत् मेलाको तयारी अघि बढाइएको छ ।
मेला-महोत्सवमा समान खरिद बिक्री, सांस्कृतिक नाचगानदेखि होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकोले यसलाई सकारात्मक रूपमा लिइएको विज्ञहरूको धारणा छ । चरम आर्थिक संकटका बीचमा पनि मेला-महोत्सव आयोजना गर्नुले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अर्थविज्ञ मनिकर कार्की बताउँछन् । उनले भने, 'बजारमा तरलता छ तर यस्ता मेला-महोत्सवले गोजीको पैसा बजारमा आउन सक्छ र केही मात्रामा भए पनि आर्थिक चलायमान बढाउन सक्छ ।'

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

प्रतिक्रिया