अझै उठेन बालकको शव, सहमति नजुट्दा पोष्टमार्टम समेत हुन सकेको छैन

कैलाली- मंगलबार साँझ कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका-५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाइ नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो ।
ज्वरो आएपछि मंगलबार साँझ डिलासैनी क्लिनिकमा सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो ।
मृतकका परिवाजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ । बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । मृतक बालकका परिवारले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार र बिहीबार दिनभरी पनि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेर मुद्दा चलाएको छ ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया