उर्लाबारी घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन दिन्नँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।
बिहीबार कीर्तिपुर अस्पताल पुगेर उर्लाबारी आगलागीबाट घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले गम्भीर घाइतेहरूलाई काठमाडौँ ल्याएर उपचार भइरहेको भन्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताएका हुन् । उपचाररत २५ जना बिरामीहरूको राम्रोसँग उपचार भइरहेको र विदेशबाट पनि डाक्टरहरूलाई झिकाएर उपचार गर्ने जानकारी आफूले पाएको उनले बताए ।
मन्त्री बस्नेतले आर्थिक अभावका कारण बिरामीको उपचारमा कमी हुन नदिने र अस्पतालको खर्च मन्त्रालयले बेहोर्ने जिकिर गरे ।
त्यस्तै अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले २५ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनले शुक्रबारबाट गम्भीर घाइतेहरूको शल्यक्रिया सुरु हुने बताए ।
गत कात्तिक २६ गते मोरङको उर्लाबारीको बरगाछीस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निभाउन गएका ३० भन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये गम्भीर प्रकृतिको बिरामीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया