बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

न्युजिल्याण्डलाई हराउँदै क्रिकेट विश्वकप फाइनलमा भारत

काठमाडौँ- भारत चौथोँ पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.५ ओभरमा अल आउट हुँदै ३२७ रन बनाएको थियो । न्युजिल्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ७ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

योसँगै यसअघि दुई पटक सन् १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथोँ पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो ।

अब दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुनेछ । यो खेलको विजेताले फाइनलमा भरतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।