दिदीबहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला गरिने

काठमाडौँ- दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

मुस्ताङको घरपझोङले ‘वातावरण र जलवायु’ सम्मेलन गर्ने

मौलापुर नगरसभावाट ६१ करोडको बजेट पारित, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रि…

प्रतिक्रिया