युद्ध प्रसाद स्मृति सम्मान युवा कवि पुरुषोत्तम आचार्यलाई

मकवानपुर- ‘युद्ध प्रसाद स्मृति सम्मान– २०८०' बाट पुरुषोत्तम आचार्य सम्मानित हुने भएका छन् । प्रगतिशील लेखक संघ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको उक्त सम्मानबाट प्रगतिवादी युवा कवि आचार्यलाई सम्मानित गरिने भएकाे हाे ।
प्रगतिशील लेखक संघ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको २२ हजार राशीको सम्मान आचार्यलाई प्रदान गर्ने निर्णय भएकाे संघ अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । युद्ध प्रसाद स्मृति सम्मान मकवानपुरे साहित्यकार तथा हास्य व्यङ्ग्यकार आरसी रिजालले स्थापना गरेका हुन् ।
मकवानपुरलाई कर्म थलो बनाइ साहित्यकाे प्रगतिवादी धारमा अनवरत रुपमा कलम चलाउँदै आएका आचार्यका हालसम्म ५ वटा कृतिहरू प्रकाशित छन् । उनकाे भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, राेरिङ फ्लेम्स – संयुक्त कविता संग्रह- २०७७, छैनौ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जनेली – खण्डकाव्य, २०८० प्रकाशित भएका छन् ।
माध्यमिक तहमा नेपाली विषय अध्यापन गराउँदै आएका उनकाे आफ्नै शब्द संगीत र आवाजमा केही गीत गजलहरू समेत स्वरबद्ध छन् । युद्ध प्रसाद स्मृति सम्मानबाट यस अघि डा. पशुपतिनाथ तिमल्सिना र जनगायक रामेश श्रेष्ठ सम्मानित भएको छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OGzKeKxl0Z_j7k7zeqkmawneuhupvu2ubbybzhjp1p5wpet5my61n7ptlusvv4dvnnxx8aa.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया