सयपत्री फूल कतार निर्यात भएपछि किसान उत्साहित

तनहुँ (दमौली)- तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्याइएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, “यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।” पहिलो चरणमा प्रतिमाला रु एक सय ५० का दरले कतार पठाइएको छ ।
अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उहाँको भनाइ छ । अध्यक्ष चुमानले भने, “पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।”
गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडी बढाएको छ । सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए ।
गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको रु दुई सयसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला रु ८० सम्ममा बिक्री भइरहेको छ । रासस
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया