पुस्तक बिक्रीबाट उठेको पैसाले चेपाङ समुदायलाई दिए मन्त्री किरातीले न्यानो कपडा
भरतपुर (चितवन)- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका हुन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई/दुई वटा ब्ल्याङकेट वितरण गरेका हुन् ।
सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक रहेको बताए ।
“चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन”,उनले भने, “चेपाङ संस्कृति पर्यटन र आयआर्जनसँग जोडेर देशलाई सम्वृद्धि बनाउने समुदाय पनि हो ।” सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विशेष प्राथमिकता दिने उनको भनाइ थियो ।
मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पुर्याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच/पाँच हजारसहित सम्मान गरे । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिएका थिए । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किरातीले चेपाङ समुदायसँग देउसीभैलोसमेत खेले । रासस

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया