नेपाल संवत्बाट आपसी सद्भाव बढाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छ्न् ।
नेपालको मौलिक नेपाल संवत्, ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बही खाताको सुरुवात गर्ने परम्परा रहिआएको थियो ।
“शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवं दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् । उनले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाले गर्नुभएको योगदानको प्रशंसा गरेका छन् । उनले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई थप प्रगाढ, बलियो र सबल बनाउँदै एकताबद्ध भई मुलुकको विकासको महाअभियानमा दत्तचित्त र एकाग्रताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन् ।
“शङ्खधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उनले अवलम्बन गरेको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुसरण गर्न नेपाल संवत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन् ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

प्रतिक्रिया