झाले सार्वजनिक गरे मधेस जागरणसम्बन्धी गीत

काठमाडौँ : जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले मधेस जागरणसम्बन्धी आफ्नै शब्द,संगीत र स्वरमा गीत सार्वजनिक गरेका छन् ।
‘उठू मधेसी, जागू मधेसी’ बोलमा आफ्नै युटुबमा मंगलबार गीत सार्वजिनक गरेका हुन् ।
मैथली भाषाा रहेको गीतमा उठ्नुस मधेसी, जागनुस मधेसी, स्थापित गर्नुस् आफ्नो पहिचान, न अलमलिनुस्, नभुल्नुस्, बचाउनुस् आफ्नो स्वाभिमानलगायतबारे सन्देश दिएको झाले बताए । मौका चिन्न सकिएन भने सारा अधिकार गुम्ने, सहिदहरूको सपना र बलिदानी सबै व्यर्थ हुने उल्लेख रहेको पनि झाले बताए ।
‘अहिलेको परिस्थितिमा सँगै बस्न प्रेरणा मिलोस् भनेर गीत सार्वजनिक गरेको हुँ’, झाले भने । उनले गीतमा भाषा, जाती, धर्म को नाउँमा लडेमा, छुटिएर बसेमा शासकवर्गले जेलझाल गरेर केही नदिने झाले बताए । तसर्थ मिलेर र जुटेर बस्नुपर्ने झाले गीतमा उल्लेख गरेका छन् ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया