टिकटक बन्द गर्नुअघि प्रधानमन्त्री प्रचण्ड : १२ बुँदे पक्षधरसँग राय, ओली र देउवासँग सहमति

काठमाडौँ- आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयबारे एक खालको राजनीतिक सहमति भएकाे बताइएकाे छ ।
केही समयअघि बसेकाे सर्वदलीय बैठकमा टिकटक बन्द गर्ने/नगर्नेबारे सरकारले १२ बुँदे पक्षधरहरूसँग राय लिएको बालुवाटार स्राेतले इकागजलाई जानकारी दिएकाे हाे ।
स्राेतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई भेटेर माैखिक सहमति लिएपछि आज सरकारले टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गर्ने उनले बताइन् ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

प्रतिक्रिया