रवि लामिछानेकाे प्रश्न : अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?
काठमाडौँ- सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । टिकटक प्रतिबन्धमा प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिए ।
लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रीमा रहेको, अराजकता माध्यमको के दाेष भन्दै प्रश्न गरे । टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रूपमा खराबलाई नियन्त्रण गर्न सकिने उनकाे भनाइ छ ।
उनले भनेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?’
सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको विरोधको अर्थ नबुझिएको भन्दै लामिछानले भने, 'सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया