खुकुरी प्रहार गरी युवकको हत्या

बर्दिया- बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
गए राति दुई समूहबीच झगडा भएको थियो । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया