ओ मनाङ (फोटो फिचर)
पोखरा- हिमाल पारीको जिल्ला उपमा पाएको मनाङ जिल्ला पछिल्लो समय पर्यटकको अत्यधिक रोजाईमा पर्ने गरेको छ । अवर्णनीय प्राकृतिक सुन्दरताले मनाङ पुग्ने पर्यटक बढिरहेका छन् ।
अग्ला सुन्दर हिमालहरू, गड्गडाएर बग्ने नदी, शान्त ताल, हरिया वनपाखा, विभिन्न प्रजातिका फूलहरू, लोपोन्मुख जनावरहरू, हजारौं वर्ष पुराना गुम्बाहरू र यिनै परिवेशमा छुट्टै पहिचान बनाएर बसेका मनाङेहरू यहाँका पहिचान हुन् ।
योसँगै राउण्ड अन्नपूर्ण पदमार्ग यहाँको अर्को प्रमुख आकर्षण हो । अन्नपूर्ण सर्किट पदयात्रा गर्ने यात्रुहरूको लागि मनाङ सबैभन्दा महत्वपूर्ण ठाउँ हो । करिब ५ हजार मिटर उचाईमा पर्ने तिलिचो ताल, करिब ४ हजार ६ सय मिटर उचाईमा रहेको आइस लेक, करिब ५ हजार ४ सय मिटर उचाईमा पर्ने थोरङ पास जानका लागि मनाङ केन्द्रबिन्दु हो ।
यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल ९ हजार ७ सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । एक्यापका मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनाङ पुगेका पर्यटक मध्ये ९ हजार २ सय २८ जनाले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् ।
बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘सिजनमा यस वर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ’, उनले भने, ‘आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।’
अहिले नेपालीहरू घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढेको गुरुङले बताए । मनाङको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो ।
पर्यटकले यहाँबाट पदयात्रा सुरु गरेर मुस्ताङ पुग्ने गर्दछन् । मनाङको खाङ्सार भन्ने स्थानसम्म सवारीको सुविधा छ भने नेपालको अहिलेसम्म सडक नपुगेको स्थानमध्येको एक नार्पाभूमि पनि यही पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया