बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

भारतसँग १६० रनले हार्‍यो नेदरल्यान्ड्स

काठमाडौँ- भारतले नेदरल्यान्ड्समाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १६० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्स ४७.५ ओभरमा अल आउट हुँदै २५० रन बनाएपछि खेल १६० रनले हारेको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो ।

योसँगै भारत लिग चरणमा अपराजित हुँदै सेमिफाइनल खेल्ने भएको छ । भारतको ९ खेलमा १८ अंक भएको छ ।

त्यस्तै नेदरल्यान्ड्स भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकाको पुछारमा रहेको छ ।