भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै कर्णाली सरकार

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको हो ।
प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने जनाएको छ । तिहार लगत्तै अगाडि बढाइने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले बताए ।
केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी समेत प्रदान गरेको थियो । सोही अनुसार भौतिक मन्त्रालयले तयारी थालेको शाहीले बताए ।
जाजरकोट भूकम्पले प्रदेशका ६५ हजारभन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । टहरा निर्माणका लागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने शाहीले बताए । मन्त्रालयले त्रिपाल र जस्तापातासहित कम्तीमा पनि साढे तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जाजरकोटको छेडागाड नगरपालिकामा १ हजार ९ सय ४५ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार ५ सय ४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४ सय ९० घरधुरी विस्थापित भएका छन् ।
बारेकोट गाउँपालिकोटमा १ हजार ३५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ हजार २८६ घर आंशिक क्षति बनाएको छ । रिपोर्ट अनुसार ३३ हजार २१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । भेरी नगरपालिकामा २ हजार ५ सय ३० घर पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार २ सय ३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार ७ सय ६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।
जुनिचाँदे गाउँपालिकामा ३ हजार ९ सय ७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६३४ घर पूर्ण क्षति भएका छन् भने ३ हजार ३ सय ४४ घर आंशिक रूपमा क्षति भएका छन् ।
कुशे गाउँपालिकामा १ हजार ५ सय ४ घर पूर्ण रूपमा क्षति हुँदा ३ हजार ९८ घर आंशिक क्षति भएका छन् । यहाँका ४ हजार ६ सय २ घरका नागरिकहरू विस्थापित भएका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १ हजार ५ सय ५२ घर भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार ५ सय ७४ घर आंशिक रूपमा क्षति भएका छन् । कुल ६ हजार १ सय २६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् । सानीभेरी गाउँपालिकामा ३ हजार ७ सय ४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये १ हजार २ सय ४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्ण रूपमा विस्थापित भएका छन् ।
त्रिवेणी गाउँपालिकामा १ हजार ९ सय ३५ घरधुरी विस्थापित भएका छन् । यहाँ १ हजार ९ सय ३५ घरधुरी पूर्ण रूपमा क्षति भएका छन् भने १ हजार २ सय ५८ घरहरू आंशिक क्षति भएका छन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया