उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर, बाहिर आएको हल्ला भ्रामक

काठमाडौँ : विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । ललितपुरस्थित नेपाल मेडीसीटी अस्पतालमा उपचाररत थापाको अवस्था गम्भीर रहेको अस्पतालका कोभिड फोकल पर्सन नरेन्द्र तिम्सिनाले इकागजलाई जानकारी दिएका छन् । थापाका बारेमा बाहिर अनावश्यक हल्ला फैलाइएको समेत उनले बताए । थापाको कोभिड रिपोर्ट नेगेटिभ आइसकेको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि ग्रान्डी अस्पतालबाट रगतबाट अक्सिजन दिएर उपचार गर्नका लागि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । सुरुमा ह्ययाम्स अस्पताल उपचार गरिएको थियो । त्यहाँ पनि ठीक नभएपछि ग्रान्डी लगिएको थियो । इक्मो थेरापी नेपालको मेडीसीटी अस्पतालमा मात्र उपचार हुने गरेको छ । उनलाई १८ दिन अघि कोभिड-१९ संक्रमण देखिएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया