इंग्ल्यान्डसँग पाकिस्तान ९३ रनले पराजित

काठमाडौँ- इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो ।
इंग्ल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अलआउट हुँदै २४४ रन मात्र बनाएको थियो । यसअघि इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो ।
योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौँ स्थानमा रहँदै विश्वकपको यात्रा टुंगिएको छ ।
त्यस्तै इंग्ल्यान्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौँ स्थानमा रहँदै विश्वकप सकेको छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफिमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया