भूकम्पले प्रहरी संरचनामा क्षति, त्रिपालबाट सेवा प्रवाह गर्दै प्रहरी

सुर्खेत- एक साता यता भूकम्प प्रभावित क्षेत्रका प्रहरीहरू त्रिपालबाटै सेवा प्रवाह गरिरहेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले प्रहरी संरचनामा क्षति पुर्याएपछि उनीहरू त्रिपालबाटै सेवा दिँदै आएका हुन् ।
भूकम्पका कारण उक्त क्षेत्रका अधिकांश संरचनाहरूमा क्षति पुगेको छ । भूकम्पले जाजरकोटमा रहेका २८ वटा प्रहरी संरचनामध्ये २६ वटामा बस्नै नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गएको शुक्रबारको भूकम्पले रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्याएको छ । रुकुम प्रहरीका अनुसार १० मध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।
यता कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल भट्टराईका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा भाँडामा प्रहरी चौकीहरू सञ्चालित रहेका छन् । तर, अधिकांश संरचनाहरू बस्न नमिल्ने भएपछि सेवा प्रवाह गर्न प्रहरीलाई समस्या भएको उनले बताए ।
रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन पूर्ण रूपमा ध्वस्त भएको छ । पुरानो भवन भएकाले पूरै चर्किएकाले बस्न मिल्ने अवस्था छैन ।
यस्तै प्रहरी चौकी पुर्तिमकाँडाको भवन पनि पूर्ण रूपमा ध्वस्त भएको छ । प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवनमा पूर्ण रूपले भूकम्पले क्षति पुर्याएको छ । सोलावाङको आफ्नै भवन हो भने सिम्लि र आठबिसकोटको भाडाका भवनहरू हुन् । सिम्लि प्रहरी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालमा बसेर सेवा दिइरहेको छ ।
बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको छ । यी मध्ये चौरजहारीको भवन बस्न मिल्ने भए पनि बाँकी भवनहरू जोखिम मोलेर बस्नुपर्ने अवस्थामा रहेको रुकुम प्रहरीले जनाएको छ ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया