मकवानपुर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे आयव्यय सार्वजनिक

मकवानपुर- मकवानपुरकाे हेटौंडामा २०७९ माघ २८ देखि फागुन १० गतेसम्म स्थानीय तह सहिद स्मृति पाँचौँ मकवानपुर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ आयाेजना गरिएकाे थियाे । उक्त प्रतियाेगिताकाे आयव्यय भने शनिबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १ करोड १९ लाख २२ हजार रुपैयाँ खर्च भएको तथा करिब २ लाख १० हजार रुपैयाँ बचत भएको संघ अध्यक्ष टीकाराम लामाले पत्रकार भेटघाटमा जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा करिब १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको थियो ।
प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास समितिले ५० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, टिकटबाट ९ लाख ९१ हजार रुपैयाँ, विभिन्न गाउँपालिकाबाट २५ लाख ६९ हजार रुपैयाँ तथा हेटौंडा स्कुल अफ म्यानेजेमन्टले ६ लाख ९० हजार रुपैयाँ सहयोग गरेको लामाले बताए ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँ बराबरको बुलेट बाइक तथा खेलाडीको टीएडीए, यातायातमा ३२ लाख रुपैयाँ खर्च भएको संघले जनाएको छ ।
पाँचौँ संस्करणकाे स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेकाे थियाे । उसले हिमालय शेर्पा क्लबलाई पराजित गर्दै जित हात पारेकाे हाे । अध्यक्ष लामाले आगामी छैटौँ संस्करण पुस महिनाभित्र गर्ने तयारी भइरहेको समेत पत्रकार भेटघाटमा जानकारी दिएका छन् ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया