भक्तपुरमा म्हः पूजासँगै खेलियो देउसीभैलो

भक्तपुर- भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ ।
जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए ।
स्कूलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए ।
बालबालिकाहरूलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरूले सहयोग गरेका थिए ।
पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरू गरेका थिए । विद्यार्थीलाई म्हः पूजाको बारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कूलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए ।
उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूलठूला चाड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए ।
उता सोही स्कूलका कक्षा ४ का विद्यार्थीले भने देउसीभैलोको आयोजना गरेका थिए । कार्यक्रममा स्कूलका विद्यार्थी सहभागी थिए ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया