खाडी मुलुकबाट फर्किएकाहरूमा मिर्गौला समस्या बढ्दो

जनकपुरधाम- खाडी मुलुकहरूमा काम गरेर फर्केका मधेश प्रदेशका कामदारहरूमा मिर्गौला समस्या बढी देखिएकाे जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
शुक्रबार जिल्लाका क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मLनियाँ गाउँपालिकामा खाडी मुलुकबाट फर्किएकाहरूको परीक्षण गर्दा मिर्गौला समस्या देखिएको हाे । जनस्वास्थ्य प्रयोगशालाका अनुसार चार सय कामदारहरूको निःशुल्क मिर्गौला परीक्षण गर्दा ६ प्रतिशतमा मिर्गौलासम्बन्धी विभिन्न समस्या देखा परेकाे हाे ।
अत्यधिक तापक्रममा काम गर्दा मिर्गौलामा भएको असरका विषयमा नेपालमा नै पहिलो अनुसन्धानका लागि उक्त परीक्षण गरिएको थियाे । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम तथा यूकेको वर्न माउथ विश्व विद्यालयको सहकार्यमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाबाट खाडी मुलुकसहित अत्यधिक तातो हुने देशमा काम गरेर फर्केका चार सय कामदारको मिर्गौला परीक्षण गरिएकाे थियाे । जसमध्ये ६ प्रतिशतमा विभिन्न प्रकारको समस्या भएको पाइएको थियाे ।
खाडी मुलुकहरूमा काम गर्ने श्रमिकहरूमा देखिएको मिर्गौलासम्बन्धी समस्यासहितका अन्य विषयमा परीक्षण प्रतिवेदनसहित संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख, निर्देशक डा. श्रवणकुमार मिश्रले बताएका छन् ।

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

प्रतिक्रिया