आयोगले फेरि सार्वजनिक गर्यो मानव अधिकार ‘उल्लंघनकर्ता’

काठमाडौंः मानव अधिकार उल्लंघनमा दोषी किटान गर्दै कारबाहीका निम्ति सिफारिस पात्रहरुमाथि कुनै कारबाही नभएपछि फेरि तिनको एकीकृत नाम सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा परेका, तर कारबाहीका भागीदार नभएका २ सय ८६ जना व्यक्तिहरुको नाम सार्वजनिक भएको हो ।
तिनीहरुमाथि अधिकारप्राप्त व्यक्ति र मन्त्रिपरिषद्ले कारबाही गर्नुपर्थ्यो । आयोगको सिफारिश दराजमा थन्काउँदै उल्टो उल्लंघनकर्ता बढुवामा परेनन् कि संवैधानिक अंगमा समेत नियुक्ति मिल्यो । आफ्नो ६ वर्षे कार्यकालमा भएका ‘आयोगका सिफारिशहरू र कार्यान्वयन अवस्था, २०५७ जेठ-२०७७ असार’ प्रतिवेदनमा ‘बाध्य हुँदै’ तिनै नाम सामेल गर्यो । ‘यी २ सय ८६ उल्लंघनकर्ताको नयाँ नाम होइन’ आयोग सदस्य प्रकाश वस्तीले इकागजसँग भने, ‘विगतका निर्णयमा उल्लेख गरिएकै या लेखिएका नाम यथावत् विना कुनै काटछाँट छापिएका हुन् । तिनीहरुकै एकीकृत नाम हुन् । यो विश्लेषण चाहिं महत्वपूर्ण छ ।’
उनका अनुसार, ‘आयोगले मानव अधिकार उल्लंघनमा दोषी किटान गर्दै कारबाही निम्ति सरकारलाई सिफारिस गर्दै गयो । यी सिफारिस वार्षिक प्रतिवेदनमा छापिइसकेका छन् । पाँच वर्षे प्रतिवेदनमा होस् या दश वर्षे प्रतिवेदनमा पनि छापिइसकेका छन् ।’
एकातिर आयोगले मानव अधिकार उल्लंघन गर्नेहरूविरुद्ध कारबाहीको सिफारिस गर्दै लग्यो, अर्कातिर सरकारले तिनैलाई बढुवामा गर्यो । प्रमुख जिल्ला अधिकारी हुँदा मानव अधिकार उल्लंघन गर्नेहरु सचिव बन्दै अवकाशमा गए । अझ आयोगको सिफारिशमा परेका नरेन्द्र दाहाल संवैधानिक परिषद्कै सिफारिसमा निर्वाचन आयुक्त बनेका छन् । कोही अझै सचिवमै छन् ।
आयोगको सिफारिस कार्यान्वयन नगर्नेलाई ‘कालोसूची’मा राख्न सक्नेसम्मको व्यवस्था छ । आयोग सदस्य वस्ती ‘निर्णय कार्यान्वयन नगर्ने भन्ने सोच्न पनि नसकिने’ उल्लेख गर्छन् । ‘आयोगका सिफारिस कार्यान्वयन हुनैपर्छ’ उनी भन्छन्, ‘सर्वोच्च अदालतबाटै मानव अधिकार आयोगको निर्णय कार्यान्वयन गर्नु भन्ने फैसला छ । अधिकार प्राप्त व्यक्ति वा सरकारलाई आयोगको सिफारिश गर्नुको विकल्प छैन ।’
आयोगमा उजुरी परेकाहरूविरुद्ध छानविन, स्पष्टीकरण प्रक्रिया पूरा गरी तिनलाई कारबाहीको सिफारिश गरेको हो ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया