तिहारमा स्थानीय फूलको प्रयोग गर्न पालिकाको आग्रह

सुर्खेत- सुर्खेतका केही पालिकाहरूले तिहारमा स्थानीय स्तरमै उत्पादित माला प्रयोग गर्न आग्रह गरेका छन् । पूर्वी सुर्खेतका गुर्भाकोट र भेरीगंगा नगरपालिकाले यस्तो आग्रह गरेका हुन् ।
कर्णाली प्रदेशको प्रवेशद्वारको नगरपालिकाले आयातित प्लाष्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । भेरीगंगा नगरपालिकाले सूचना जारी गर्दै नजिकिँदै गरेको भाइटीकाको दिनमा स्थानीय स्तरमै उत्पादित पुष्प खेतीकै माला प्रयोग गर्न आग्रह गरेको हो ।
नगर क्षेत्रमै विभिन्न व्यक्तिहरूले पुष्प खेती गरिरहेको र पर्याप्त मात्रामा फूल उपलब्ध रहेकाले प्लाष्टिकका मालाहरूको प्रयोग नगर्न अनुरोध गरिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार स्थानीय स्तरमै उत्पादित फूलको प्रवर्द्धन गर्न र आयातित मालाहरूको प्रतिबन्ध गर्ने उद्देश्यले सूचना जारी गरिएको हो । छिन्चु, जहरे र रामघाटसहितका ठाउँमा रहेका व्यवसायीहरूलाई कुनै पनि अवस्थामा आयातित प्लाष्टिकका माला नराख्न र स्थानीय उत्पादित फूलहरूको व्यवसायी गरिदिन नगरपालिकाले आग्रह गरेको छ ।
त्यसैगरी गुर्भाकोट नगरपालिकाले पनि सूचना जारी गर्दै स्थानीय उत्पादित फूलको प्रयोग गर्न आग्रह गरेको छ । नगरप्रमुख हस्त पुनले स्थानीय उत्पादित फूलको प्रयोगमा प्रोत्साहन गर्नका लागि सूचना जारी गरिएको जनाए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया