कैलालीका व्यवसायीहरूले वित्तीय संस्थामा पैसा जम्मा नगर्ने
माग सुनुवाइ नभए छाता संगठनबाटै छुट्टिने चेतावनी

कैलाली- कैलालीका उद्योग, व्यापार, व्यवसायीहरूले अबको एक हप्तादेखि १० दिनसम्म वित्तीय संस्थामा पैसा जम्मा नगर्ने बताएका छन् । कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले बैंक, वित्तीय संस्थामा पैसा जम्मा नगर्ने बताएका हुन् ।
व्यवसायीहरूले आफ्नो व्यापार, व्यवसाय धराशायी भएको अवस्थामा नेपाल उद्योग बाणिज्य महासंघले कुनै पनि कडा कदम नचालेको भन्दै आक्रोस व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंककाे उद्योग, व्यापार, व्यवसायीहरूप्रतिको गलत नीतिका कारणले बैंकहरूले ज्यादती गर्न थालेपछि आफूहरू झन् धरापमा परेको व्यवसायीहरूले गुनासो गरे ।
कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघविरुद्ध आन्दोलन गर्ने बताएका छन् । आफूहरूले धेरै प्रयास गर्दा पनि मागहरूको सुनुवाइ नभएपछि अब अन्तिम विकल्पका रूपमा महासंघविरुद्ध आन्दोलन गर्ने तयारी गरेको पूर्व अध्यक्ष भण्डारीले बताए ।
महासंघले व्यवसायीहरूमाथि गरेको व्यवहार असह्य भएकाले महासंघको विरुद्धमा आन्दोलन गर्न जुनसुकै हदमा पनि जान सक्ने सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वाँरले बताएका छन् । बैंकले मात्र नभएर आफूहरू बिमाबाट सबैभन्दा बढी पीडित भएको स्वाँरकाे भनाइ छ ।
धेरै व्यवसायीहरू आफ्नो पेसाबाट नै पलायन भइसकेको र अब बाँकी रहेका व्यवसायीहरूसँग जग्गा बेचेर ऋण तिर्नुबाहेक अरु कुनै विकल्प नभएको समेत अध्यक्ष स्वाँरले बताए । महासंघले आफ्ना मागको अब अन्तिम पटक पनि सुनुवाइ नगरे संघको छाता संगठनबाटै छुट्टिने होटेल व्यवसायी संघका अध्यक्ष केशव पाण्डेयले चेतावनी दिए । महासंघले अझै पनि अप्ठ्यारोमा परेका व्यवसायीलाई सहयोग नगरे अझै धेरै व्यवसायीहरू प्रेमप्रसाद आचार्यजस्तै आत्मदह गर्न बाध्य हुने उल्लेख गरे ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया