नबिल बैंकको दराजसँग इएमआई अभियान

काठमाडौँ– नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । उक्त साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रुपान्तरण गर्न सक्नेछन् ।
यस सहकार्य मार्फत नबिल बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ ।
ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रुपान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघि नै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ ।
यसबाहेक इएमआई रुपान्तरणका लागि तोकिएको अवधि खुलाई [email protected] मा आवेदन दिनुपर्नेछ ।
यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतिरिक्त लागत विना किस्ता सुविधा पाउने छन् । तत्कालको लागि पाँच हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ ।
साथै, नबिल बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ । ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

प्रतिक्रिया