कर्णालीमा कोभिड संक्रमणमुक्त हुनेको संख्या बढ्दै

सुर्खेत: कर्णालीमा कोभिड संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । प्रदेशमा हालसम्म एक लाख १५ हजार चार सय ३३ जना परीक्षण गरएकोमा १७ हजार एक सय ५० जनामा संक्रमण देखिएको छ । हालसम्म प्रदेमा ९५ प्रतिशत संक्रमण मुक्त भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । पछिल्लो समय प्रदेशमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए ।
हिजो मात्र कर्णाली प्रदेशमा पाँच सय १२ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जनाको परीक्षण गरिएकामा दुई सय ६ जनामा संक्रमण पुष्टि खड्काले जानकारी दिए ।
खड्काका अनुसार संक्रमणबाट गम्भीर प्रकृतिका ६ जना भेन्टिलेटरमा, ५३ आइसीयूमा, तीन सय ७० आइसोलेसन केन्द्रमा रहेका छन् । निर्देशनालयका अनुसार पाँच हजार एक सय ७१ जना होमआइसोलेसनमा रहेका छन् । कर्णालीमा कोभिडको कारण हुने मृत्युदरमा कमी आएता पनि मृत्ये हुने क्रम भने रोकिएको छैन । निर्देशनालयका अनुसार प्रदेका १० जिल्लामा कोभिडका कारण दुई सय ४७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय प्रदेशमा अक्सिजनको चरम अभाव हुने समस्या पनि नदेखिएको प्रदेश अस्पतालमा कार्यरत डा. संजिव भण्डारीले जानकारी दिए । संक्रमितहरू घट्दै गएका कारण अक्सिजनको चरम अभाव नदेखिएको भण्डारीले बताए । प्रदेशका स्थानीय तहहरुले आइसोलेसन स्थापना गरेर उपचार गर्न थालेपछि प्रदेश अस्पतालमा आउने संक्रमितको संख्या घट्दै गइरहेको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया