नापी कार्यालय भद्रपुरका सर्वेक्षक ठाकुरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा आरोपीहरू सर्वेक्षक देव नारायण ठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादव र बिचौलिया उमेश यादवले घुस लिएको आरोप लगाइएको छ ।
उनीहरूलाई आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट १ लाख २५ हजार रुपैयाँ लिइएको अवस्थामा गत असोज २९ गते नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार सर्वेक्षक ठाकुर, सर्वेक्षक यादव र बिचौलिया यादवसमेतले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।
अरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो तथा कैद सजाय माग गरिएको छ । यस्तै बिचौलिया यादवलाई भने मुख्य आरोपीको सजायको आधा सजाय गर्न माग गरिएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया