एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बालगोपाल वैद्य नियुक्त भएका छन् ।
बिहीबार सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले समितिका सदस्य वैद्यलाई साेही समितिको अध्यक्ष नियुक्त गरेको हो । उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा.वैद्य लामो समयदेखि अर्थ विज्ञका रूपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
साथै, वैद्य बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत थिए ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

प्रतिक्रिया