मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

युरोपा लिग  : टोलोजसँग लिभरपुल पराजित

काठमाडौँ- लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोलोजससँग पराजित भएको छ ।

गएराति सम्पन्‍न समूह ई अन्तर्गतको खेलमा लिभरपुल टोलोजससँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

टोलोजसको जितमा एरोन डोनम, थिस डालिंगा र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डिओगो जोटाले एक गोल गरेका थिए भने एक गोल टोलोजसका क्रिस्टियन कासेरेज जुनियरले आत्मघाती गोल गरेका थिए ।

यस सिजनको युरोपा लिगमा लिभरपुलको यो पहिलो हार हो । यो हारपछि समूह ई मा लिभरपुलको ४ खेलमा ९ अंक रहेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै यो जितपछि टोलोजसको भने ४ खेलमा ७ अंक भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।