एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

मकवानपुर- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मकवानपुरको हेटौंडामा भएकाे एन्फाकाे विशेष साधारण सभामा बिहीबार नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई मतदान भएको थियो ।
मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका छन् । एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमध्ये ५२ जनाले अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने अर्थात् अविश्वासको प्रस्तावको विपक्षमा भोट हाले भने १ भोट बदर भएको थियो । अध्यक्ष हटाउने पक्ष अर्थात् अविश्वासको प्रस्तावको पक्षमा भने एक भोट पनि परेन । साधारण सभामा २ सय १० जना प्रतिनिधिको उपस्थिति रहेकाे भए पनि ८७ जना सदस्यसँग मात्र मताधिकार रहेकाे थियाे । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् ।
अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् । उद्घाटन सत्र नै नराखी विशेष साधारण सभाकाे कार्यक्रम सुरु गरिएकाे थियाे । साधारण सभामा विवाद हुन सक्ने आंकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे थियाे ।
नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै उनीसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेस गरेका थिए । उनीहरूले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका थिए । तर, अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णयसहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् । एन्फाको असोज १७ गते बसेको बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया