बैतडीमा राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

धनगढी- बैतडीमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, बैतडीले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने भएको जनाएको हो ।
देउसी-भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू बिक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् ।
यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारबाही हुने उनले बताए । मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेमा कानुन अनुसार कारबाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया