भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

नयाँ दिल्ली: कोभिड महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।
भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा २ हजार ७९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख ३१ हजार ८९५ जनाको ज्यान गएको छ ।
भारतमा हाल कोभिड–१९ का १८ लाख ९५ हजार ५२० व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा सक्रिय संक्रमित २० लाख भन्दा कम भएको ४३ दिन यताको पहिलो पटक हो । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । विगत २४ घण्टामा २ लाख ५५ हजार २८७ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ ।
भारतमा हालसम्म ३४ करोड ६७ लाख ९२ हजार २५७ व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कुल २१ करोड ६० लाख ४६ हजार ६३८ डोज खोप लगाइएको छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया