शौर्य सिमेन्टले 'शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०' आयाेजना गर्ने

काठमाडौँ– शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्त्व अन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी 'शौर्य मिथिला लोकचित्रकला प्रतियोगिता २०८०' ल्याएको छ ।
यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागी हुन सक्ने छन् ।
प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगी महिलाहरूले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपि कम्पनीको वेबसाइट/ फेसबुक पेजको क्युआर कोडको स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट्सएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सकिने छ ।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/ नगरपालिकामार्फत् बुझाउन मिल्ने सुविधा समेत मिलाइएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहने छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणका लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरूले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यानभासमा कोर्नु पर्ने छ ।
दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै संचालन हुने छ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरू चुनिने छन् । यस चरणमा सहभागीहरूले शौर्य सिमेन्ट उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । सहभागीहरूले बनाएको चित्रकलाको मूल्याङ्कन निर्णायक समितिद्वारा गरी सोही अनुरूप पुरस्कृत समेत गरिनेछ ।
यस प्रतियोगिताको पुरस्कार स्वरूप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरूप हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइने छ ।
यस प्रतियोगितामा सहभागी हुनका लागि कम्पनीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा गई उल्लिखित क्युआर कोड स्क्यान गरी फारम भर्न सकिन्छ । आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक संजालमा प्रकाशन हुनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया