गणतन्त्रका लागि जेल बसेका वकिलहरूलाई प्रधानमन्त्रीले गरेको प्रहारको प्रतिकार गरौँ : शेखर कोइराला

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र कानुन व्यवसायीप्रति गरेको टिप्पणीलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हारेको मानसिकताको उपज भन्दै कडा टिप्पणी गरेका छन् । यस्तो टिप्पणी तानाशाह बन्न दिवास्वप्न देख्नेहरूले मात्र गर्छन् भन्दै उनले सबै पक्षले यसकाे सशक्त प्रतिकार गर्न आवश्यक रहेको पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले नै हुर्काएको भातृसंगठनलाई एक कार्यक्रम आयोजना गर्न लगाएर वकिलहरूमाथि खनिएका थिए । उनले कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन तह र हैसियतमा पुर्याउँदैछन् भन्दै सबैलाई सचेत हुन भनेका थिए ।
प्रधानमन्त्रीबाट यो तहको टिप्पणी आउनु लोकतन्त्रको निष्ठामा चाेट पुग्ने काम बाहेक अरु केही नभएकाे बताए छन् । गणतन्त्रको अवमूल्यन गर्ने अधिकार र छुट कसैलाई नभएको पनि कोइरालाले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् । हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री ओली ले त्यतिबेला गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने र अहिले गणतन्त्रका सबै आधारलाई कमजाेर पार्ने काम गर्नुले उनको नियतमाथि नै शंका रहेकाे आशय कोइरालाको छ ।
कोइरालाले सामाजिक सञ्जालमा राखेका भनाइ :
सन्दर्भ : प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरू र कानुन व्यवसायीहरू प्रतिको नकारात्मक टिप्पणी :
१. हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरू कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरूको मानमर्दन गर्दा उनीहरूको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरूको योगदान ?
२. तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।
३. पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु । मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरूप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो । सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया