सलमान अभिनीत ‘दबंग’ को ‘चुलबुल पाण्डे’ अब एनिमेसनमा

मुम्बई : सलमान खान यतिबेला समीक्षक कमाल आर खान (केआरके)लाई मानहानीको मुद्दा हालेर विवादमा छन् । सलमानको ब्रान्ड विइङ ह्युमनलाई केआरकेले बदनाम गर्ने प्रयास गरेको भन्दै सलमानले मुद्दा हालेका हुन् ।
सलमानले यसो भने पनि धेरैले भने ‘राधे’को खराब समीक्षा पछि सलमान केआरकेसँग भड्किएको अनुमान गरेका छन् । यही समयमा उनले ‘राधे’को समीक्षा गरेका थिए र फिल्मलाई झेल्ने नसकिने बताएका थिए । उनको यो समीक्षा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
तर, यसको एक दुई दिन पछि नै सलमानले केआरकेविरुद्ध मुद्दा हालेका थिए । अहिले यो मुद्दामा केआरकेले गोविन्दा र शाहरुख खानलाई पनि जबर्जस्ती तानेर विवाद बढाउने काम गरिरहेका छन् ।
यही समयमा सलमानको बहुचर्चित चरित्र ‘चुलबुल पाण्डे’ले एनिमेटेड स्वरुप पाएको सलमानले खुलासा गरेका छन् । उनले सोमबार ट्वीट गर्दै ‘दबंग’को ‘चुलबुल पाण्डे’ एनिमेटेड अवतारमा आएको जानकारी गराएका हुन् । सलमानका अनुसार यो एनिमेसन सिरिज कार्टुन नेटवर्कमा हरेक दिन १२ बजे प्रसारण हुनेछ ।
कुनै चर्चित हिन्दी फिल्म एनिमेटेड सिरिजमा रुपान्तरण हुन लागेको यो पहिलो घटना भने होइन । यस अघि डिस्कभरी च्यानलले ‘फुकरे’ लाई ‘फुकरे ब्वाइज’को नाममा प्रसारण गरेको थियो । यसैगरी अजय देवगनको ‘सिंघम’लाई ‘लिटिल सिंघम’नाममा निकोलडनले प्रसारण गरेको थियो भने अजयकै ‘गोलमाल’ पनि ‘जुनियर गोलमाल’ नाममा प्रसारणमा आएको थियो ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया