च्याम्पियन्स लिगः बायर्न म्युनिख र रियल मड्रिड अन्तिम १६ मा

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिड यूइएफए च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले टर्किस फुटबल क्लब गालातासारेलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
बायर्न म्युनिखको जितमा दुवै गोल ह्यारी केनले गरे । गालातासारेका लागि सेड्रिक बाकाम्बुले एक गोल फर्काए ।
बायर्न म्युनिखले लगातार चार खेलमा जित हात पार्दै १२ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको हो ।
यता समूह ‘सी’ मा रियल मड्रिडले लगातार चार खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो । चौँथोँ खेल जित्ने क्रममा बुधबार राति रियल मड्रिडले पोर्चुगिज क्लब ब्रागालाई ३-० ले पाखा लगायो ।
रियल मड्रिडको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक-एक गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया