भेरी अस्पतालले भूकम्पबाट घाइते तीन जनालाई त्रिवि शिक्षण अस्पताल पठायो

काठमाडौँ- नेपालगन्जको भेरी अस्पतालले भूकम्पका तीन जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल रिफर गरेको छ । भेरी अस्पतालमा उपचार हुन नसक्ने भएपछि तीन जना घाइतेलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रिफर भएका हुन् ।
अस्पतालका अनुसार रिफर हुनेमा सल्यान बनगाड कुभिन्डे-२ का ३२ वर्षीय मोहन विष्ट, जाजरकोट नलगाड-२ की १६ वर्षीया जुना विष्ट र रुकुम पश्चिम सानीभेरी-१ का २६ वर्षीय धनसिंह रावल रहेका छन् ।
उनीहरू तीनै जनालाई हवाईजहाजमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको हो । तीनै जनाको मिर्गौलामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया