रासफोर्डले रातो कार्ड खाँदा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले तेस्रो पराजय भोगेको छ ।
समूह ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कको एफसी कोपनहेगनसँग ४-३ गोलअन्तरको पराजय भोगेसँगै युनाइटेडले जारी सिजनको च्याम्पियन्स लिगमा ४ मध्ये ३ खेलमा हात बेहोरेको छ । उसले एक खेल मात्र जितेको छ ।
युनाइटेडले हार भोग्दा फरवार्ड मार्कस रासफोर्ड ४२ औँ मिनेटमै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
रासमस होजलन्डले खेलको तेस्रो तथा २८ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।
तर ४२ औँ मिनेटमा रासफोर्ड मैदान बाहरिएपछि कोपनहेगनका मोहम्मद इल्योनोउसीले ४५ औँ मिनेटमा गोल गर्दै कोपनहेगनलाई खेलमा फर्काए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा कोपनहेगनका डिओगो गोन्काल्भ्सले गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याए ।
युनाइटेडका ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाउन सफल भए ।
तर कोपनहेगनका लुकास लेराजेरले ८३ औँ मिनेटमा बराबरी गोल गर्दा रुनी बार्ड्घ्जीले ८७ औँ मिनेटमा गोल गर्दै कोपनहेगनलाई महत्वपूर्ण ३ अंक दिलाए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया