आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

पौवादुङमा-१ को वडा कार्यालय तोडफोड

फाइल फोटो

काठमाडौं - भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा तोडफोड भएको छ।

कार्यालयको मुख्य गेटको ताला फुटाएर अज्ञात समूहले कार्यालयभित्रको सामग्री तोडफोड गरेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाइएको उनले जनाए।

कार्यालयमा एक लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। घटना कस्ले र किन घटाएको हो भन्ने पत्ता लाग्न नसकेको उनको भनाइ छ।