शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

लुम्बिनीका कर्मचारीको तीन दिनको तलब भूकम्पपीडितलाई

दाङ - लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहत दिने भएका छन्। 

भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन्। 

कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए। 

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय निर्णय अनुसार ११औं तह वा सो भन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैठौंदेखि दशौं तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलब र सहायक स्तर र तह विहीन कर्मचारीले एक दिनको तलब भूकम्प पीडितका लागि उपलब्ध गराउने भएका हुन्।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्। गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा माननीय तथा भौतिक क्षति पुर्‍याएको छ। कारखाना